काठमाडौं । आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ ।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो ।
‘मुभिज डिजिटेनमेन्ट’युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को कथा वरिपरी घुमेको छ । भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशीमा, त्यसमाथि गाउँलेको हेपाइ प्रवृत्तिलाई देख्न सकिन्छ । ट्रेलरमा आफ्नो मात्रै नभई अरुका लागि लमी बनेको देखिन्छन् । साथै, गाउँमा आएकी एक युवती (प्रियना आचार्य)को भारी बोकी दिँदा पैसा लिनै मान्दैनन् । पछि उसैसँग प्रेम विवाहपछि सन्तान बसेको ट्रेलरमा देखाइएको छ ।
महिलाले जहाँ रोए पनि हुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने कुरालाई समेत ट्रेलरमा उठाइएको छ । यसको वास्तविकता के हो र कसरी फिल्मलाई अगाडि बढाइएको छ । आगामी असोज २ गते थाहा हुने नै छ ।
फिल्ममा जितु नेपालका साथै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
डम्बर राईको कथामा बनेको यस फिल्मको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन् । फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका छन् ।
बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन् ।
दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सिवि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रवि केसीको शृङ्गार रहने यस फिल्मको पोष्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ ।
डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ । फिल्मलाई कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।











प्रतिक्रिया