२८ आश्विन २०८३, बुधबार

क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, १२५ एमबीपीएस इन्टरनेट मासिक ५५३ रुपैयाँमै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार नयाँ ग्राहकहरूले मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन् । अर्थात्, ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस स्पिड प्राप्त गर्नेछन् । यसका साथै, ग्राहकहरूले वाईफाई सिक्स राउटरको सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

क्लासिक टेकले सन् २०२१ देखि आफ्ना ग्राहकहरूलाई वाईफाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ ।

उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफ़ाइ प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीको भनाइ छ ।