२८ आश्विन २०८३, बुधबार

लगातार तेस्रो जित हात पार्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लगातार तेस्रो जित हात पार्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि ईशान पाण्डेले ४०, देव खनालले ३९ रन जोड्दा गुल्शन झा ४४ तथा रोहित पौडेल २४ रनमा अविजित रहे । यस्तै, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे ।

बलिङतर्फ साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए ।

त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १९० रनमा अलआउट भएको थियो ।