२८ आश्विन २०८३, बुधबार

२० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको बिदाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई बिदाई गरिएको छ ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कराते टोलीको बिदाइ गरेका हुन् । सो क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई जित वा हारको दबाब नलिई मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । प्रतिस्पर्धामा नतिजा जे आए पनि त्यहाँबाट धेरै सिक्ने अवसर र अनुभव प्राप्त हुने उनले बताए । उनले विगतमा जित्दा मात्र भव्य स्वागत गर्ने र हार्दा बेवास्ता गर्ने परम्परा गलत भएको भन्दै नतिजा जे आए पनि राज्य र नागरिकले खेलाडीहरूलाई उस्तै सम्मान र दृष्टिकोणले हेर्ने धारणा राखे ।

खेलाडीहरुले एसियाली खेलकुदको तयारी राम्रो भएकाले नजिता पनि राम्रो आउने गरी खेल प्रदर्शन गर्ने जनाएका छन् ।