काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङ प्रवेशद्वारमा रहेका ठूला सात वटा ढुंगा विस्फोट गरी हटाइएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद तथा सुरूङ विज्ञ श्रीराम न्यौपानेले गएको रातभर सुरूङको मुखमा जमेको पानी निकालिएपछि सुरूङभित्र प्रवेश गर्ने क्रममा देखिएका ठूला ढुंगा विस्फोट गरी हटाइएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘गएको रातभर जमेको पानी निकालेर सुरुङको मुखका अप्रत्यासित ठूला ७ वटा कडा ढुंगा विस्फोट गरी हटाइयो। अब ब्लास्ट गरेको ढुंगा सफा गर्दै तल झर्ने र लेभल डाउन गर्ने काम भइरहेको छ। सुरुङ भित्रको लेदो सफा गरेर बाहिर ल्याउने प्रयोजनका लागि ह्वील लोडर र मिनी एस्काभेटर तयारी अवस्थामा राखिएका छन्। सुरुङ सफा गर्दै १६० मिटर पार गरेपछि पावरहाउस पुगिनेछ। पावर हाउसमा मात्र सुरक्षित ठाउँ मान्न सकिन्छ,’।
सुरूङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि पावर हाउस पुगिनेछ। हाल पावर हाउस क्षेत्रलाई मात्र तुलनात्मक रूपमा सुरक्षित स्थान मानिने उनको भनाइ छ ।




















प्रतिक्रिया