२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भदौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ ।

उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको परीपेक्षमा विपद्को यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायतास्वरुप तथा पीडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले सरकारलाई प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोरजंङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै बैंकले प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।