२८ आश्विन २०८३, बुधबार

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ ।

विपद्का कारण ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सम्पर्कविहीन रहेका व्यक्तिहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै उनीहरूका परिवारजनप्रति कम्पनीले विशेष सहानुभूति व्यक्त गरेको छ।

विपद्का कारण प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सहरूको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ, कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ।

उक्त सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दीपबहादुर बिसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सिटिजन लाइफले विपद्को यस कठिन घडीमा “हामी सबै एकसाथ छौँ” भन्ने भावनाका साथ उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति सम्मान व्यक्त गरेको छ । साथै, प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रभावित बीमित तथा परिवारजनको अवस्था बुझ्न विशेष पहल

विपद्का कारण प्रभावित भएका आफ्ना बीमित तथा उनीहरूका परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई आवश्यक निर्देशन दिइसकेको छ । कम्पनीले प्रभावित बीमित वा उनीहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिइसकेको छ ।