काठमाडौं । रसुवा बाढी पीडितका लागि शंकर ग्रुपले चार करोड रुपैयाँ सहयोग गरेको छ ।
विपद्पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री राहत कोषमा चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यसका साथै, विपद्को तेस्रो दिनमै ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।
विपद्मा ज्यान गुमाएका सबै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुप परिवारले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, हराइरहेका सबै जनाको सकुशल उद्धारको कामना गरेको छ ।
‘शंकर ग्रुप सधैं विश्वास गर्छ, राष्ट्रिय संकटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु हाम्रो दायित्व हो । यो दायित्व भविष्यमा पनि निरन्तर निर्वाह गर्ने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ ग्रुपले भनेको छ ।











प्रतिक्रिया