काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । साभारणसभा कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष शारडाले सभासमक्ष प्रस्तुत गरेको कम्पनीको वार्षिक प्रगति प्रतिवेदनसहितका सबै प्रस्तावहरु पारित गरेको छ ।
सभाले २०८२/०८३ का लागि हाल कायम शेयरधनीहरुलाई ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने पस्ताव पारित गरेको छ । साथै, सभाले आगामी ४ वर्षे कार्यकालका लागि ३ जना सञ्चालकहरुको निर्वाचन गरी शिवरतन शारडाको अध्यक्षतामा सुशिल गुप्ता, नन्दिनी मारु सञ्चालक सदस्य र चार्टड एकाउण्टेण्ट प्रदीपराज उपाध्याय स्वतन्त्र सञ्चालक रहेको सञ्चालक समिति गठन गरी कम्पनी सञ्चालक समितिलाई कम्पनी सञ्चालकको अख्तियारी समेत प्रदान गरेको छ ।
त्यसैगरी, कम्पनीको आ. व. २०८२/०८३ को वित्तिय विवरण पारित गरी आ. व. २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोडको २० प्रतिशतले हुन आउने १,१६,००,००० थान शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्कासनको स्वीकृतिको लागि यसअघि नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरेको विवरण पत्रको संशोधन, परिमार्जन गरी अद्यावधिक विवरणसहितको कागजातहरु समेत बोर्डसमक्ष पेश गर्ने व्यवस्था मिलाउने समेतका निर्णयहरु सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया