काठमाडौं । प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा गोविन्दराज पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
जर्मनीको फ्रान्कफर्टमा सम्पन्न मञ्चको आठौं अधिवेशनले पाण्डेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा समीर श्रेष्ठ र सचिवमा भरत चलाउने चयन भएका छन् ।
नेकपा (एमाले)का सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज सञ्जय थापा, एमाले केन्द्रीय सदस्यहरु महेश बर्तौला, आरसी लामिछाने, अन्तर्राष्ट्रिय कमिटी उपसचिव प्रभु थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य सन्तोष भट्टराई, हेमराज जोशी, युरोप कमिटी उपसंयोजक चन्द्रकान्त आचार्य तथा युरोप सचिव सालिक थपलिया, प्रवासी नेपाली मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष विनोद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा अन्तर्राष्ट्रिय कमिटीका विभिन्न विभागका सदस्य तथा सल्लाहकारहरू, युरोप कमिटीका विभागीय सदस्य तथा सल्लाहकारहरू लगायत प्रवासी नेपाली मञ्चसँग आवद्ध विभिन्न तहका नेतृत्व तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अधिवेशनलाई सफल, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण अतिथि, प्रतिनिधि, आयोजक, सदस्य तथा शुभेच्छुकहरूप्रति प्रवासी नेपाली मञ्च जर्मनीले हार्दिक आभार व्यक्त गरेको छ ।
प्रवासी नेपाली मञ्च जर्मनीका निवर्तमान अध्यक्ष पासाङ शेर्पाले संस्थाको नेतृत्वका क्रममा पुर्याएको योगदान र महत्वपूर्ण भूमिकाका लागि मञ्चले विशेष धन्यवाद तथा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
मञ्चको नवनिर्वाचित पाण्डे नेतृत्वको कार्यसमितिले प्रवासी नेपाली मञ्च जर्मनीलाई अझ सुदृढ, संगठित र प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपालीहरूको साझा हित, अधिकार र पहिचानका पक्षमा निरन्तर क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया