२९ आश्विन २०८३, बिहिबार

यो हो महिला देख्ने वित्तिकै अश्लील गाली दिने सुगा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suja

एजेन्सी । जनावर पनि मानिसजस्तै बोल्न सक्छन् भन्ने उदाहरणका रुपमा लिन सकिन्छ विशिष्ठ प्रजातिको चरा सुगालाई ।

मानिसको बोली अनुसरण गरेर उनीहरुजस्तै बोल्ने जनावर हो सुगा । माथि तस्वीरमा देखिएको यो सुगाले महिला देख्नेवित्तिकै गालि दिने गर्दछ । घरका सदस्यहरुको झगडामा प्रयोग हुने गालिका शब्द सिकेर यसले महिला देख्ने वित्तिकै त्यही शब्द बोल्ने गरेको प्रहरीले जनाएको छ ।

एक महिलाले सुगाले अश्लील गालि दिएपछि प्रहरीमा उजुरी दिएकी थिईन् । प्रहरीले सुगालाई पिजडाबाट समातेर चौकी ल्याएर सोधपुछ गरेपछि आफ्नो मालिकले सिकाएको बताएका छन् ।

भारतको महाराष्ट्र स्थित चन्द्रपुर जिल्लाको राजुरामा यो घटना भएको हो । प्रहरीले सुगाका मालिकको खोजी गरिरहेको छ । थप अनुसन्धानपछि जरिवाना तिराएर सुगालाई अबदेखि गालि नगराउने सर्तमा मुद्दा टुङ्गयाइने प्रहरी इन्सपेक्टर उमेश पटेलले बताए ।