काठमाडौं । मेटलाइफ नेपालले रसुवामा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट र धादिङ लगायत विभिन्न जिल्लामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै समुदायहरू विस्थापित भएका छन् र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू हाल पनि जारी रहेको छ ।
जिम्मेवार संस्थागत नागरिकका रूपमा मेटलाइफ नेपालले यस कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्याउन निरन्तर खटिरहेको सरकार, उद्धारकर्मी, मानवीय सहायता प्रदान गर्ने संस्थाहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया