२८ आश्विन २०८३, बुधबार

बाढीमा परेर मृत्यु हुनेको संख्या २२० पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २२० पुगेको छ।

नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ३२, पश्चिम नवलपरासीमा ६, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँ १३ र रसुवामा २ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार ३६१ जना घाइतेहरूको उद्धार गरिएको छ।