२८ आश्विन २०८३, बुधबार

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढी आएको पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल भन्दा २० किमी माथी उत्तर चीन सिमानामा गएको हिम चट्टान पहिरोको कारण भोटेकोशीमा आकस्मिक बाढी आएको खुलेको छ ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्लानेट ल्याबको स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल चीन सिमानामा गएको हिम चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखिएको हो।