२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी : पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बाढी आएपछि पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग बन्द गरिएको छ ।

अहिले यी राजमार्गमा सवारी साधन चल्न दिइएको छैन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए।