२८ आश्विन २०८३, बुधबार

नाडा अटो शोमा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीसहित तीन मोडलमा छुट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटाको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाली बजारमा सार्वजनिक भएको छ।

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी सार्वजनिक गर्दै बुकिङसमेत खुला गरेको हो।

कम्पनीका अनुसार सिएरा ईभीको डेलिभरी आगामी दसैँदेखि सुरु हुनेछ। नयाँ मोडलको आगमनसँगै नेपाली विद्युतीय सवारी बजारमा टाटाको उपस्थिति थप बलियो हुने कम्पनीको विश्वास छ। सिप्रदीले हाल नेपाली बजारमा टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली ग्राहकले टाटाका विद्युतीय सवारीप्रति देखाएको विश्वासले कम्पनीलाई थप उत्साहित बनाएको बताए।

उनका अनुसार सिएरा ईभी प्रिमियम एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी ल्याइएको हो। आकर्षक डिजाइन, फराकिलो इन्टेरियर, आधुनिक प्रविधि, कार्यक्षमता र २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहितको सिएरा ईभीले नेपाली बजारमा नयाँ विकल्प थप्ने कम्पनीको दाबी छ।

नेक्सन ईभीको नयाँ भेरियन्ट पनि सार्वजनिक

नाडा अटो शोको अवसरमा सिप्रदीले नेक्सन ईभीको नयाँ ‘रिलोड’ भेरियन्ट समेत सार्वजनिक गरेको छ। यसको नियमित मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएकोमा नाडा अफरअन्तर्गत ४२ लाख ४९ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यस्तै, कम्पनीले हालै सार्वजनिक गरेको टियागो ईभी र पन्च ईभी फेसलिफ्टमा पनि नाडा अफरअन्तर्गत १–१ लाख रुपैयाँ छुट दिएको छ।

छुटपछि ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँ मा खरिद गर्न सक्नेछन्।

नयाँ सिएरा ईभीको सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्ट तथा विद्युतीय मोडलमा दिइएको छुटसँगै नाडा अटो शोमा टाटाको स्टल आकर्षणको केन्द्र बनेको कम्पनीले जनाएको छ।