२८ आश्विन २०८३, बुधबार

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बडीमालिका (तस्वीरहरुसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–गोविन्द्रराज तिमिल्सेना

बाजुरा । सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ ।

जनपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन अहिले यस क्षेत्रमा श्रद्धालु भक्तजनहरुको घुइँचो छ । बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो ।

विशेष गरी हरेक वर्षको जनपूर्णिमाको अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ । देशका विभिन्न ठाउँबाट भक्तजनहरू कठिन पहाडी यात्रा पार गर्दै दर्शनको लागि पुग्ने गर्छन् । श्रद्धालुभक्तजनहरुका लागि यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई आस्था, विश्वास र आत्मिक अनुभूतिको माध्यम समेत बन्ने गर्छ ।

समुन्द्री सतहदेखि करिब ४ हजार २ सय मिटरको उचाइमा बडीमालिका, त्रिवेणी क्षेत्र प्राकृतिक तथा धार्मिक सम्भावना बोकेका क्षेत्र हुन् । बडीमालिकालाई फाँट फाँटको सहर भन्दा पनि फरक पर्दैन । यहाँ २२ वटा समथर हरिया पाटनहरू छन् ।

मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णु पानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन् । प्राकृतिक सौन्दर्यता भरिपूर्ण यी फाँटहरू नै यहाँका मुख्य आकर्षक हुन् ।

अहिले यहाँ नेपाल टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा आएको छ । यसअघि सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

टावर जडानका लागि यही भदौ ३ गते टेलिकमका प्राविधिकको टोली बडीमालिकामा पुगेको थियो । निर्माण कार्य सकेर अहिले उक्त क्षेत्रमा इन्टरनेट सेवा सञ्चालनमा छ । पछिल्लो समय बडीमालिकामा पर्यटकको संख्या बढ्दै गएको छ ।