काठमाडौं । नबिल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समिति बैठकले सोमबार अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरिसकेका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । कुमारी बैंकमा शाखा प्रमुख र ग्लोबल आइएमई बैंकमा १३ वर्ष बढी समय उच्च व्यवस्थापनमा रहेर काम गरेका अवस्थी ६ वर्षअघि सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए ।
अवस्थी बैंकिङ क्षेत्रमा कर्जा व्यवस्थापन, निक्षेप परिचालन लगायतमा अब्बल मानिन्छन् । उनी व्यवसायिक विस्तार, ग्राहक सेवा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ कोर्स समेत गरेका छन् ।











प्रतिक्रिया