२८ आश्विन २०८३, बुधबार

मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारीसाधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरहरुमार्फत टाटा ब्राण्डको पिकअप तथा व्यावसायिक साना सवारीसाधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ ।

सम्झौता अनुसार ईभी गाडीतर्फ ६० प्रतिशत तथा आईसीई सवारीसाधनका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोगमा हुने व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, बैंकले हाल अटो कर्जा, कृषि र साना तथा मझौला उद्यम कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको जनाएको छ ।