काठमाडौं । सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वासिङ मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर सार्वजनिक गरेको छ ।
प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्याउने उद्देश्यले ल्याइएको अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्ने सामसङ नेपालले जनाएको छ ।
कम्पनीका अनुसार अफरअन्तर्गत चुनित होम अप्लायन्सेसहरूमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुनेछ । यसका साथै, चुनित टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको निःशुल्क नेट टिभी सब्सक्रिप्सन र निःशुल्क साउन्डबार लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल तथा एसएटीएल वासिङ मेशिनमा २३ प्रतिशतसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सिङ्गल–डोर, डबल–डोर तथा साइड–बाइ–साइड सामसङ रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध रहेको छ । घरमा अझ इमर्सिभ मनोरञ्जन अनुभव भित्र्याउनेदेखि दैनिक लुगा धुने कामलाई अझ स्मार्ट बनाउने तथा भान्साका आवश्यक उपकरणहरू अपग्रेड गर्नेसम्म, सामसङको यस अफरमा हरेक घरपरिवारको आवश्यकता र रोजाइअनुसारका विकल्पहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।














प्रतिक्रिया