२८ आश्विन २०८३, बुधबार

गरिमाको बुबाआमाको भिडिओ बनाएको र अभियुक्तको भिडिओ सार्वजनिक भएकोमा रास्वपाको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिमाको बुबा आमाको भिडिओ गृहमन्त्रालयमा खिचेर धन्यवाद भन्न लगाइएकोमा आपत्ति जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा महामन्त्री विपीन आचार्यले गरिमाको बुबाआमाको भिडिओ खिचिएको र पक्राउ परेका अभियुक्तको भिडिओ बयान सार्वजनिक गरिएकोमा आपत्ति जनाएका हुन ।

गरिमा हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको उनको भनाइ छ ।

उनले भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’