२८ आश्विन २०८३, बुधबार

सप्तरीमा बालिका मृत्यु प्रकरण : सौतेनी आमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीमा दूई बर्षीया बालिकाको मृत्यु प्रकरणमा सौतेनी आमा पक्राउ परेकी छिन् ।

शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी छोरी आज बिहानदेखि हराइरहेकी थिइन् ।

खोजतलासका क्रममा उनी घर पछाडी झाडीमा मृत फेला परेकी थिइन् । सौतेनी आमाको व्यवहारमा शंका लागेपछि प्रहरी तत्कालै पक्राउ गरेको थियो । पक्राउपछि उनले हत्या गरेको स्वीकारेकी हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।