२८ आश्विन २०८३, बुधबार

बालेनलाई महेश बस्नेतको प्रश्न– प्रधानमन्त्रीज्यू, मुस्ताङ भ्रमणको वास्तविक उद्देश्य के हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को मुस्ताङ भ्रमणलाई लिएर प्रश्न उठाएका छन् ।

कुनै औपचारिक जानकारीबिना प्रधानमन्त्री लोमान्थाङ पुगेको भन्दै बस्नेतले भ्रमणको उद्देश्यबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री बालेन्द्र साह हेलिकोप्टरमार्फत मुस्ताङको लोमान्थाङ गएका छन् । भ्रमणका क्रममा लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले पनि मुस्ताङका गुम्बाहरू भ्रमण गरेका थिए ।’

नेता बस्नेतले प्रधानमन्त्री साह र उनको सचिवालयले कुनै औपचारिक कार्यक्रमबारे सार्वजनिक जानकारी नदिई र सुरक्षा संयन्त्रलाई समेत जानकारी नगराइएको प्रधानमन्त्रीको भ्रमणको उद्देश्य, कार्यक्रमबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गरेका छन् ।

‘यो कुनै षड्यन्त्र नभई संयोग मात्र हो भने पनि जनताका प्रश्नको जवाफ आवश्यक छ । सरकारी भ्रमणमा पारदर्शिता र जवाफदेहिता हुनुपर्छ ।’ बस्नेतले भने, ‘प्रधानमन्त्रीज्यू, मुस्ताङ भ्रमणको वास्तविक उद्देश्य के हो ?’