२८ आश्विन २०८३, बुधबार

संयोग मात्रै कि भित्री खिचडी ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय खड्का

उता उपल्लो मुस्ताङमा अमेरिकी टोली ओर्लिन्छन्,
यता केन्द्रीय बैठक छाडी बालेन उता सोझिन्छन्,
प्रहरी अनजान, सीडीओ र मन्त्रालय बेखर,
सेनाको घेराभित्र गुपचुप घुम्ने कस्तो हो यो ‘निजी’ रहर ?

रास्वपाको बैठकमा रवि गुटको मात्रै भयो भरिभराउ,
बालेन टाढा हुँदा यता शक्ति सन्तुलनको दाउ !
के यो तालिका जुधेको मात्र संयोगको कुरा हो ?
कि अदृश्य खेलभित्र कुनै खिचडी पाकेको हो ?

छिमेकीको किताब जल्यो, टिओबी काण्ड उब्जियो,
पन्धौं दलाई लामाको प्रसंग चर्कियो,
अनेपक्षीत हस्तक्षेप–बधाई–धम्की, बढ्दो जटिल भूराजनीतिक खेल
किन खेलिँदै छ यहाँ मौनताको खेल ?

मुखले भन्छ– ‘निजी यात्रा’, व्यवहारमा बेग्लै दाउ,
समितिमै नेपाल प्रहरीको मनोबल गिराउने दाउ,
के यी सबै घटनाहरु एकै समयमा घट्नु
केवल संयोग हो ? कि खिचडी पाक्दै हो ?

राति मैले सुन्दर सपना देखेको थिएँ–
बालेन होल्डिङ सेन्टर पुगी सहानुभूति प्रकट गरको,
लाइनमा उभिएर जनताको सास्ती महसुस गरेको,
जेनजी शहिद र घाइतेको घरमा सुटुक्क गएको,
अहंकार र प्रतिशोध त्यागी जेनजीको सपना साकार पारेको !

अपशोच, बिहान ब्युँझदा बिझेको त्यो सेतो सपनाको सम्झना,
र आँखा अगाडि उभिएको यो कठोर र कालो विपना,
मेरो कसैलाई केही भन्नु छैन, केवल यति सोध्छु–
के सासयुक्त लासहरु अझै मौन बस्ने हुन् ?