२८ आश्विन २०८३, बुधबार

रास्वपा सचिवालयमा ११ जना थपिए, को-को भए मनोनित ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा ११ जनालाई मनोनीत गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा मनोनित गरेको हो ।

सचिवालयमा मनोनीत हुनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी,शिशिर खनाल,गणेश पराजुली, विराजभक्त श्रेष्ठ,दीपक बोहरा, समीक्षा बास्कोटा रहेका छन्। त्यस्तै शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव मनोनित भएका हुन् ।

त्यस्तै बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा शिशिर खनाललाई मनोनित गरेको छ भने अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद न्यौपाने र प्रशिक्षण विभागको कार्यवाहक प्रमुखमा महामन्त्री विपिन आचार्यलाई मनोनित गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न पालिका तथा जिल्लाहरूको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई बाँडफाँड गर्न सहमहामन्त्री निशा डाँगीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले नै स्थानीय तह निर्वाचनको तयारीका लागि नेता तथा सांसदहरूको कार्यक्षेत्र तोक्ने निर्णय भएको हो ।