१ कार्तिक २०८३, शनिबार

शंखमुलको होस्टलमा युवकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा एक युवकको हत्या भएको छ ।

दाङको घोराही उपमहानगरपालिका १७ घर भई होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीले शेखरलाई पक्राउ गरेको छ भने प्रमित फरार छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।