२८ आश्विन २०८३, बुधबार

पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिणी पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अयाकुचो क्षेत्रको परिनाकोचास प्रान्तको उपहुआचो सहरबाट ३८ किलोमिटर उत्तरपश्चिममा थियो ।

दक्षिणी पेरुका इकान र अरेकिपा लगायतका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

पेरुको नौसेनाले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जनाएको छ ।

पेरु प्रशान्त महासागरको रिङ अफ फायरको एक हिस्सा हो । यो क्षेत्र भूकम्पीय गतिविधिका लागि परिचित छ, त्यसैले यहाँ बारम्बार भूकम्पहरू जान्छ ।

पेरुले आफ्नो इतिहासमा धेरै ठूला भूकम्पहरूको सामना गरेको छ । सन् २००७ मा इक्का क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ६०० जनाको ज्यान गएको थियो ।