२८ आश्विन २०८३, बुधबार

दिदीभाइको कथामा बनेको ‘पार्वती’को ट्रेलर रिलिज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत ट्रेलर रिलिज गरेको हो ।

यस ट्रेलरलाई दर्शकले ओएसआर युट्युब च्यानलमार्फत हेर्न सक्छन् । ४ मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाइको माया पर्दामा देख्न सकिन्छ ।

अटिजम भएकी दिदीको माया र भाइको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ ।

अटिजम भएकी छोरीलाई बाउले स्कुल भर्ना गर्दा उसलाई जिस्क्याउछँन् । जिस्क्याएपछि कुट्छिन् । त्यसपछि उनलाई अनेक लान्छना लगाउँछन् ।

नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन् ।

नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पारेका छन् ।

रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

यसअघि यो फिल्मको ‘नौ तुनाको रेल’, ‘दिदीभाइ’ बोलको गीत रिलिज रिलिज भएको थियो । यस फिल्मका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका छन् । बाबुल गिरी कै शब्द रचना तथा संगीत रहेको छ । साथै, यस फिल्मका शब्द रचना हर्क साउद, संगीतकार दीपक शर्माको संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।