२८ आश्विन २०८३, बुधबार

अमरेश सिंहको दाबी– रास्वपा सांसदहरूले छठ पछाडि कुटाई खान्छन्

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश सिंहले पार्टीका सांसदहरूले कुटाई खाने दिन आउन लागेको बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूबीचको सामूहिक छलफलमा उनले यस्तो दाबी गरेका हुन् ।

नेपाली कांग्रेस सभापति गगन थापालाई सर्लाही–४ बाट पराजित गरेर थप चर्चामा रहेका सांसद सिंहले तराई–मधेशका पार्टीका सांसदले छठ पछाडि पिटाई खाने दाबी गरेका हुन् ।

‘मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेशमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन्’ उनले बैठकमा भने ।

तिहारपछि तराई–मधेशमा हिन्दु धर्मालम्बीहरूले सूर्यको उपसना गरी हर्षोल्लासका साथ छठ पर्व मनाउँछन् ।

पछिल्लो समय सांसद सिंह आफ्नै पार्टी नेतृत्व र बालेन्द्र सरकारसँग निरन्तर असन्तुष्ट रहँदै विवादस्पद अभिव्यक्ति दिँदै आएका छन् ।