२८ आश्विन २०८३, बुधबार

चिठ्ठा परेर सांसद भएको भनेपछि झोक्किइन् आशिका तामाङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रतिनिधि सभाको बैठकमा एमालेकी सांसद साजिता सिद्विकीले रास्वपाका सांसदलाई चिठ्ठामा परेको भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आपत्ति जनाएकी छिन् ।

बुधबारको बैठकमा आकस्मिक ससमयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्‌मा आएको भनी टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।

‘चिठ्ठामा परेर आएको भन्नुभयो, तर तपाईंहरूजस्तै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ तामाङले भनिन्, ‘हामी यसरी अपमानजनक शब्द सुन्न यहाँ आएका होइनौँ। हामी चिट्टाबाट आएको भन्ने कुराको प्रमाण के हो ? हामीलाई प्रमाण चाहियो,’ उनले प्रश्न गरिन्।