काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग सामूहिक छलफल गर्दैछन् ।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति लामिछानेले सामूहिक छलफल गर्न लागेका हुन् ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा सभापति लामिछानेले सामूहिक छलफल गर्न लागेका हुन् ।
संसद बैठकमा बोल्दा एकरूपता नभएपछि सभापति लामिछानेले पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा दिशानिर्देश गर्नेछन् ।
उनका अनुसार आजको बैठकमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरिएको छ ।











प्रतिक्रिया