२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धीरज सेठले आज प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग भेटवार्ता गर्ने भएका छन् ।

आइतबार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका सेठले आज प्रधानमन्त्री साहसँग शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् ।

भेटका अवसरमा नेपाल–भारत मैत्री सम्बन्ध र द्धिपक्षीय आपसी हितका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतको प्रधानसेनापति नियुक्त भएपछि सेठले नेपालबाट आफ्नो विदेश भ्रमण थालेका हुन् ।

सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरेका थिए ।