२८ आश्विन २०८३, बुधबार

प्रहरीले फिर्ता गर्‍यो पत्रकार किशोर श्रेष्ठको सञ्चार सामग्री

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि प्रहरीले पत्रकार किशोर श्रेष्ठको सम्पूर्ण सञ्चार सामग्रीहरू फिर्ता दिएको छ ।

आज सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै पत्रकार श्रेष्ठलाई रिहा गर्न र बरामद सम्पूर्ण सञ्चार सामग्री पनि फिर्ता गर्न आदेश दिएको थियो ।

आदेशपछि श्रेष्ठकी पत्नी सरस्वतीले सामान बुझेर लगेकी हुन् । श्रेष्ठलाई पक्राउ गर्दा प्रहरीले श्रेष्ठको निवास र जनआस्थाको कार्यालयबाट कम्युटर, ल्यापटप लगायतका सामान जफत गरेको थियो ।

श्रेष्ठलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएकोले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका नाममा परमादेश जारी गरिएको छ ।

गोपनीयताको हक हनन गरेको आरोपमा श्रेष्ठलाई २०८३ साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवम् सञ्चालक श्रेष्ठले एकजना रास्वपा सांसदको अवैध सम्बन्धका बारेमा समाचार प्रकाशित गरेका थिए । जाहेरवाला आफैँले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राखेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको आदेशमा उल्लेख छ ।