२८ आश्विन २०८३, बुधबार

गाउँलेको हेपाइपछि ७ दिनमै बिहे गर्ने ‘कार्की साइँला’को अठोट, यस्तो छ टिजर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सोमबार नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो ।

सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा र गाउँलेको हेपाइलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

भारी बोकेर जीविका चलाउँदै आएका उनलाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि ७ दिनभित्रै विवाह गरेर देखाउने अठोट कथाको मुख्य केन्द्रविन्दु बनेको छ ।

टिजरमा जितुका साथै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथामा बनेको यस फिल्मको पटकथा एवं संवाद शंकर धिताल र सविन अधिकारीले तयार पारेका हुन् ।

बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन् ।

दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सिवि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रवि केसीको शृङ्गार रहने यस फिल्मको पोष्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ । डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ । फिल्मलाई कुवेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।