अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
मञ्चको सिड्नीको अवर्नमा सम्पन्न छैठौं अधिवेशनले पौडेलको नेतृत्वमा १९ सदस्सीय कमिटी निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा दीपक पहारी, सचिवमा मिलन पाठक, सहसचिवमा किशोर भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुवर, रविन भुषाल, गणेश राज गौतम, मोहन शर्मा र तेज विक्रम मल्ल चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य र मञ्चका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा भएको अधिवेशनमा एनआरएनएका अन्तर्राष्ट्रिय सल्लाहकार तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष विष्णु हमाल, एनआरएनए एनएसडब्लु संयोजक उषा वारिया, जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्का लगायतका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि पाण्डेले उद्घाटन गरेको अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता केशव जोशी र कार्यक्रम सञ्चालन सचिव प्रकाश पन्थीले गरेका थिए । स्वागत उपाध्यक्ष बालगोपाल उपाध्यक्ष र धन्यवाद ज्ञापन उपसचिव अशिम कोइरालाले गरेका थिए ।
अधिवेशनको बन्दसत्रले अध्यक्ष केशव जोशीले पेश गरेको राजनितिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दीपक पहाडीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।











प्रतिक्रिया