२९ आश्विन २०८३, बिहिबार

नेपालमा नयाँ भिगो ई–२ ‘फुल एसयूभी’ सार्वजनिक गर्दै नामी

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९ मा नयाँ नामी भिगो ई–२ सार्वजनिक गर्ने भएको छ ।

नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भिगो ई–२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

नेपालमा नामीका विद्युतीय गाडीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । नेपालमा हालसम्म देशभर २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको बताइएको छ ।

कम्पनीका अनुसार भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा लगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेको छ । यस्ता वास्तविक यात्राहरूले भिगोलाई भरपर्दो र प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेका छन् ।

नयाँ भिगो ई–२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि सक्षम इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यसलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ।

भिगो ई–२ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिने कम्पनीले जनाएको छ ।