१ कार्तिक २०८३, आइतबार

पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुवेदी र ढकालको संयुक्त इजलासमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ ।

वैयक्तिक गोपनीयता हननको अभियोगमा गत बुधबार पक्राउ परेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अब केही बेरमा पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराइँदैछ ।

उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।