१ कार्तिक २०८३, आइतबार

पृथ्वी राजमार्गअन्तर्गत धादिङमा सुख्खा पहिरो, दुईतर्फी सडक अवरूद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्डको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुख्खा पहिरो खस्दा दुईतर्फी रुपमा सडक अवरुद्व भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जनाएको हो ।

प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरीको टोलीले पहिरो हटाएर यातायात सञ्चालनको प्रयास गरिरहेको छ ।