२८ आश्विन २०८३, बुधबार

इतर समूहले पारित गरेको प्रतिवेदनप्रति काँग्रेस संस्थापन पक्षको आपत्ति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको राजधानीमा भएको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति सस्थापन पक्षले आपत्ति जनाएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि संचारकर्मीसंग बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले इत्तर समुहको राष्ट्रिय सम्मेलन भनिएको भेलाबाट परित गरिएको प्रतिवेदन प्रति आपत्ती जनाउदै इत्तर पक्षको निर्णय केन्दीय समिति बैठकले नजिकबाट नियालीरहेको बताएका हुन् ।

इतर पक्षले १४ औँ महाधिवेशनबाट चयन भएका कार्यसमितिले १५ औ महाधिवेशन देउवाको नेतृत्वमा गर्ने प्रस्ताव कांग्रेसको विधि विधानले नदिएको प्रवक्ता चालिसेले स्पष्ट पारे । चालिसेले पार्टीभित्र विवाद नभएर असन्तुटि रहेको बताउदै पार्टीभित्रका असहमती वा विवाद पार्टीको फोरमबाटै सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीको नेतृत्वकर्ता अदालतले चयन गर्ने नभइ पार्टीले बैधानिकता दिनुपर्ने स्पष्ट पारे । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्व पार्टीको विधान अनुसार चयन भएको भन्दै यसलाइ अदालत र निर्वाचन आयोगले मान्यता दिएकोे जिकिर गरे ।

प्रवक्ता चालिसेले विशेष महाधिवेशनमा असहमती रहेका विषयहरु १५ औँ महाधिवेशनमा लोकप्रिय एजेण्डाका रुपमा प्रस्तुत गरेर जान सस्थापन इत्तरपक्षलाइ आग्रह गरे ।