१ कार्तिक २०८३, आइतबार

पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ ।

शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो ।

पहिरो हटाएपछि आज बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने तथा काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको प्रहरीले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि उक्त सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् ।