काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदैछ ।
शुक्रबारदेखि मिराकल पार्टी प्यालेस सुकेधारमा सुरू भएको भेला तीन दिनपछि आज समापन हुन लागेको हो । कार्यक्रममा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार जारी भेलामा विभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन, जसमा आज सहभागी प्रतिनिधिहरूले धारणा राखिसके पछि समापन हुनेछ ।
भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन् ।
सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना विदेशमा रहेका निवर्तमान सभापति देउवा बिहीबार सोही भेलाका लागि स्वदेश फर्किएका थिए ।
भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ भने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ ।















प्रतिक्रिया