२८ आश्विन २०८३, बुधबार

नेपाल भलिबल लिग भदौ १९ देखि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) भदौ १९ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।

आयोजक केडिया ग्रुपले प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने जानकारी गराएको हो ।

नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगमा मधेश वारियर्स, सगरमाथा स्माशर, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर्स किंग्स, खप्तड फाल्कन्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।