१ कार्तिक २०८३, आइतबार

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । अछामको मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु १ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी करिब ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । उपचारका क्रममा बोगटीको दिउँसो १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।