२८ आश्विन २०८३, बुधबार

सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार ललितपुरमा दोस्रो झापा १–काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही भनेको अवस्थमा सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन् ।

उनले सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्ने र अदालतले पार्टीको केन्द्रीय समितिलाई बदर नगरेको तथा सभापति गगन थापा नै रहेको कुरा स्पष्ट पारेको स्मरण गर्न संस्थापन इतर समूहलाई सुझाव दिए ।

पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै उपसभापति शर्माले पार्टीमा विधिको सर्वोच्चता रहने प्रस्ट पारे ।

उनले खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार केवल निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने तर्क गरे ।