२८ आश्विन २०८३, बुधबार

भारतमा दुई पटक भूकम्पको धक्का

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा आज (शुक्रबार) बिहान भूकम्प गएको छ ।

महाराष्ट्रको नासिकमा दुई पटक भूकम्प धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, शुक्रबार महाराष्ट्रको नासिकमा दुईवटा भूकम्प गएको हो । पहिलो भूकम्प राति १२ः०५ बजे गएको थियो, भूकम्पको तीव्रता ३.५ रिक्टर स्केलमा मापन गरिएको थियो । दोस्रो भूकम्प शुक्रबार बिहान ५ः३२ बजे गयो, यसको तीव्रता ३.४ रिक्टर स्केलमा मापन गरिएको थियो ।

भूकम्पको धक्का महसुस हुँदा स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । यसअघि बिहीबार लद्दाखको लेहमा भूकम्प गएको थियो ।

तीन दिनअघि पालघर क्षेत्रमा पनि भूकम्पको दुईवटा धक्का महसुस गरिएको थियो ।