२८ आश्विन २०८३, बुधबार

शेरबहादुर देउवालाई यी तीन स्थानमा गरिँदैछ स्वागत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयपछि विदेशबाट स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई तीन स्थानमा स्वागत गर्ने तयारी गरिएको छ ।

इतर समूहले देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा स्वागत गर्न लागेका हुन् ।

यी तीन स्थानमा कार्यकर्ता जम्मा भएका छन् ।

देउवा दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँस्थति त्रिभुवन विमानस्थलमा ‌ओर्लेनछन्।