काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
खड्कासँग भेतवार्ताका लागि शशांक खड्का निवास गल्फुटार पुगेका थिए । भेटमा शुक्रबार हुन लागेको राष्ट्रिय भेला लगायतका विषयमा छलफल भएको बताइएको छ ।
कोइरालाले खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह पनि गरेका छन् । जवाफमा खड्काले सकारात्मक धारणा व्यक्त गरेका बताइएको छ ।
कोइराला भेलाको मूल आयोजक समिति संयोजकको जिम्मेवारीमा छन् । भेटवार्तामा नेता एनपी साउद पनि सहभागी थिए ।













प्रतिक्रिया