२८ आश्विन २०८३, बुधबार

सिरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिरियाका पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

एक अदालतले अपदस्थ राष्ट्रपति असदलाई युद्ध अपराध र मानवताविरुद्धका अपराधमा दोषी ठहराउँदै मृत्युदण्डको सजाय सुनाएको हो । तर उनी अहिले देशमा छैनन् ।

अपदस्थ भएपछि उनी भागेर रूसको राजधानी मस्को पुगेका थिए । यही मुद्दामा अदालतले असदका काकाका छोरा तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षा विभागका पूर्वप्रमुख आतिफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ।

सजाय सुनाइँदा नजीब भने अदालतमा उपस्थित थिए।