२८ आश्विन २०८३, बुधबार

प्रदेश सरकारबारे तीन बुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डको ५ बुँदे निर्देशन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश सरकार गठनबारे भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पाँच बुँदे निर्देशन जारी गरेका छन् ।

पाँच बुँदे निर्देशनमा अध्यक्ष ओली र संयोजक प्रचण्डले संयुक्त हस्ताक्षर गरेका छन् । निर्देशनमा सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रालय छनोट सहमतिका आधारमा गर्न निर्देशन दिइएको छ ।

सरकार गठन गर्दा सीट सङ्ख्यालाई मुख्य आधार बनाउन भनिएको छ। दुई दलको सहकार्यले सङ्ख्या नपुगे आपसी सहमतिमा तेस्रो दल सहभागी गराएर मन्त्रालय बाँडफाँट गर्नुपर्ने पत्रमा उल्लेख छ।