२९ आश्विन २०८३, बिहिबार

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र बजारका सम्यन्त्रहरु, लगानी गर्ने तरिका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तीय कारोबारका बारेमा समेत विस्तृत रुपमा जानकारी गराइएको थियो । वक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो बचतबाट नै सुरक्षित लगानी सुरु गर्न सकिने बताएका थिए ।

बचतका साथै लगानी गर्ने बानी बसालौँ र समृद्ध भविश्य निर्माण गरौँ भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले हरेक सहभागिहरुमा लगानी गर्ने बानी प्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरु, आयोजक संस्थाका पदाधिकारी तथा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।